गत वैशाख ५ मा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । बढ्दो कोरोना संक्रमण र प्रदेश सरकारको सिफारिसलाई मध्यनजर गर्दै सचिवस्तरीय निर्णय गरिएको पत्र अस्पताललाई पठाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा।भरत खत्रीले सूचना जारी गर्दै ओपिडी सेवा बन्द गरिएको जनाएका छन् । 
गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने जारी सूचनामा उल्लेख गरिएको छ । मृगौलाका बिरामीका लागि डायलासिस सेवा पनि निरन्तर रहने जनाइएको छ ।
कोभिड संक्रमण भएर अस्पताल पुग्ने सबैजसो संक्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको आवश्यक तयारीका लागि धेरै समय लाग्ने अस्पतालले जनाएको छ । नेपाल सरकार सचिवस्तरको बैठकले क्षेत्रीय अस्पताललाई कोरोना संक्रमितको लागि मात्रै उपचार गर्ने अस्पताल बनाउने निर्णय गरेको थियो ।




