पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दिउँसो ४ बजे सम्बोधन गर्दैछन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।




