नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ। फिफा विश्वकप २०२२रएएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली टोली कुवेत आइतबार राति कुवेत पुगेको हो।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको थियो। कुवेतमा नेपाली टोलीको पीसीआर परीक्षणको लागि स्वाव संकलनसमेत भएको छ ।
शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६(२ ले पराजित भएको थियो । नेपालका लागि अन्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए ।
कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली कुवेत आइतबार राति कुवेत
नेपाली टोली कुवेत आइतबार राति कुवेत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




