वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका छन् । डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेर मन्त्री आलेले उपचारका लागि रकम प्रदान गर्नुभएको उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए ।
ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ । मन्त्री आलेको पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगलागीबाट जलेकी भाटको उपचारकालागि सहयोग गरे
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगलागीबाट जलेकी भाटको उपचारकालागि सहयोग गरे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




