तारा थापामगर
जेठ १८, २०७८ मंगलवार
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको उपचारको क्रममा नि’धन भएको छ ।
कास्कि जिल्ला मादी गाउँपालिका वडा नं १ स्थायी घर भई विगत लामो समयदेखि पोखरालाई आफ्नो कर्मथलो बनाई नेपाली लोकसंस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने हिमाली संस्कृतिक परिवारका अध्यक्ष, वरिष्ठ संस्कृतिकर्मी, समाजसेवी मेनकाजी गुरुङको अस’मयिक नि’धन भएको छ ।
केही समय अघि मात्र कोरोना संक्रमणमुक्त भएका गुरुङ लामो समय देखि मुटुरोगका विरामी पनि रहेका थिए । मुटुमा थप समस्या भएपछि सोमबार फिस्टेल हस्पिटल गैह्रापाटनमा भर्ना भएका गुरुङको उपचारकै क्रममा नि’धन भएको बताईएको छ ।
गुरुङको बेलुकाको १ बजे दु खद नि’धन भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पोखरा नयाँगाउँ निवासी मेनकाजीका एक छोरा र एक छोरी रहेका छन् । त्यस्तै गुरुङकी श्रीमती मीना गुरुङको पनि वैशाख ३० गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।




