नेपालमा भेटिएको दुई प्रकारको कोरोनाको नामकरण गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा भेटिएका दुई भेरिएन्ट युके र इन्डियालाई बोलीचालिमा सहजताको लागी नामाकरण गरिएको हो ।
संगठनले नेपालमा फैलिएको कोभिडको नयाँ भेरियन्टलाई डेल्टा र अल्फा नाम दिएको छ ।नेपालमा भेटिएको इन्डियन भेरियन्ट भाइरसलाई डेल्टा र यूके भेरियन्टलाई अल्फा नाम दिइएको हो ।
यी दुई सँगै ब्राजिल दक्षिण अफ्रिका भारतमा भेटिएको अर्को भेरिएन्ट र पछिल्लो समय भियतनाममा भेटिएको हाईब्रिड भेरिएन्टको पनि नामाकरण गरिएको छ ।ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बेटा भारतमा पछिल्लोपटक भेटिएको भेरियन्टलाई कप्पा नाम दिइएको हो ।
विश्व स्वास्थ्य संगठनले विभिन्न मुलुकमा भेटिएको कोभिडका भेरियन्टहरुको नाम बोलीचालीका लागि सहज बनाउन ग्रीक शब्दबाट नामांकन गरेको जनाएको छ ।
पछिल्लो समय भियतनाममा देखिएको हाइब्रिड भेरियन्टबारे भने अनुसन्धान भइरहेको संगठनले जनाएको छ ।




