जनताको आवाज मुखरित हुने भनिएको संसदमा सांसदहरुले बोलेका हरेक भनाइहरु संसदमा रेकर्ड गरेर राखिएको हुन्छ। तर सांसदका केही भनाइहरु उनीहरुले संसदमा बोले पनि संसद्को रेकर्डबाट ‘हटाउने गरिन्छ। त्यस भनाइको कुनै औचित्य हुन्न।
ठिक त्यस्तै भएको छ, गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा सांसद मनबहादुर गुरुङको भनाई। गण्डकी प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले अस्ति प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । प्रतिपक्षी दलका सांसदले छलफलमा भाग लिए पनि सिद्धान्त र प्राथमिकतामाथि कुनै धारणा राखेका छैनन् ।
विश्वासको मत प्राप्त गर्न बाँकी रहेको अल्पमतको सरकारले बजेट ल्याउन नपाउने र सिद्धान्त तथा प्राथमिकताको पनि औ’चित्य नभएको भन्दै उनीहरु उक्त विषयमा प्र’वेश नै गरेका छैनन् । बरु छिटो भन्दा छिटो यो सरकारले बै’धानिकता लिनुपर्नेमा जोड दिएका छन् ।
सरकारको वै’धानिकतामाथि प्रश्न उठाएकोमा सत्ता पक्षका सांसद भने आक्रोशित छन् । त्यही क्रममा बुधबारको बैठकमा अन्तिम बक्ताको रुपमा रहेका नेकपा एमाले सांसद मनबहादुर गुरुङले का’र्य व्यवस्था परामार्श समितिको बैठकमा प्रतिप’क्षी दलहरुले बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सहमति जनाएर पनि त्यसका बारेमा नबोलेकोमा आपत्ति जनाए । त्यति मात्र हैन, उनले नैतिकताकै प्रश्न उठाउने हो भने कार्य व्यवस्था परा’मर्श समितिमा रहेका वि’पक्षी दलका सांसदले राजी’नामा दिएर आउन चुनौती दिए ।
उनले यसो भनिरहँदा सभामुख नेत्रनाथ अधिकारीले प्र’देश सभामा नियमा’वलीलाई ख्याल गरेर बोल्न नि’र्देशन गरे । त्यसपछि सांसद गुरुङले प्र’संग फेरेका थिए । गुरुङले बोलेर सकेपछि सभामुख अधिकारीले सदनमा बोलिएका ‘विवादित विषयलाई रेकर्डबाट हटाइने र अब आइन्दा माननीसयहरु नियमा’वलीको अ’धिनमा रहेर बोल्न’ निर्देशन दिँदै बैठक स्थ’गन गरे ।




