पोखरा ।। आज पोखरामा उपचाररत १३ जनासहित गण्डकी प्रदेशका थप १६ जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।
आज गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ७ जिल्लाका संक्रमितको नि’धन भएको छ। कास्की जिल्लाका ६ जना, मनाङ्ग जिल्लाका १ जना, नवलपुर जिल्लाका २ जना ,दाङ्ग जिल्लाका १ जना ,स्याङ्जा जिल्लाका २ जना, बाग्लुङ्गका जिल्लाका ३ जना र गोर्खा जिल्लाका १ जना रहेका छन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ७२३ पुगेको छ ।




