कालो ढुसीको संक्रमणबाट नेपालमा पनि एक व्यक्तिको मृ’त्यु भएको छ ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस ९कालो ढुसी० सङक्रमितको मृ’त्यु भएको हो ।
यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस ९कालो ढुसी०का कारण मृ’त्यु भएको हो । उनको आज बिहान ७ः०० बजे मृ’त्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । रासस




