४६ वर्षकी भइन् शिल्पा शेट्टी, फिटनेसको रहस्य योग
बलिउड उद्योगमा आफ्नो फिटनेस र सुन्दरताका लागि चिनिएकी बलिउड अभिनेत्री शिल्पा शेट्टीको आज जन्मदिन हो । उनको जन्म ८ जुन, १९७५ मा मंगलौरमा भएको थियो ।
शिल्पाले आफ्नो पढाई मुम्बईबाट पूरा गरेकी हुन् । अभिनयसँगै आफ्नो उत्कृष्ट नृत्यका लागि पनि शिल्पा चिनिन्छिन् । उनले भरतनाट्यम डान्समा प्रोफेशनल तालिम पनि लिएकी थिइन् । स्कुल पढ्दा उनी भलिबल टिमको कप्तान पनि थिइन् । उनी कराँतेकी ब्ल्याक बेल्ट पनि हुन् ।
शाहरुख खानको फिल्म बाजिगरमार्फत उनले बलिउड डेब्यु गरेकी थिइन् । फिल्ममा उनी सेकेन्ड लिडमा थिइन्, तर आफ्नो उत्कृष्ट अभिनयका कारण उनले नै सबैको ध्यान खिचिन् ।
कराँतेकी ब्ल्याक बेल्ट शिल्पा शेट्टी, फिटनेसको रहस्य
कराँतेकी ब्ल्याक बेल्ट शिल्पा शेट्टी, फिटनेसको रहस्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




