आज नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई समक्ष हस्ताक्षरसहितको दावी पत्र पेश गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै गण्डकी प्रदेश प्रमुख पौडेलसमक्ष विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत पनि गरिसकिएको छ ।
विपक्षी गठबन्धनले बहुमत ३१ सांसदको हस्ताक्षर सहित गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाएका हुन् ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलको दावी
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलको दावी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




