राहत बाँड्न हिडेको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समुहलाई आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। तर को को पक्राउ परेका हुन् भन्ने बारेमा प्रहरीले जान’कारी दिएको छैन।
नि’षेधाज्ञाका बेला मर्कामा परेका नेपाली जनतालाई राह’त बाँ’ड्न हिडेको सामा’जिक अभि’यन्ता ज्ञानेन्द्र शाहीको स’मुहलाई मध्य’राती आ’क्रमण भएको समा’चारहरु सार्वज’निक भैरहदा प्रहरीले भने स्थानीय बासिन्दा र राहत वितरण टोली बी’च झडप भएको दाबी गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले शाहीको स’मूह र स्थानी’यबीच झ’डप भएको बताए पनि के कारण झ’डप भएको हो भन्ने बारेमा अनु’सन्धान भैरहेको जानकारी दिए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबी’चको झडप हो ।”एसपी भट्टले दुई समूहबीच झडप भएको दाबी गरिरहदा स्थानीय बासिन्दा घाइते भए नभएको बारे केही जानकारी दिएका छैनन्। शाहीको समुहको उपचार कर्णाली प्रदेश अ’स्पतालमा भएको छ ।




