नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको नेतृत्वमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाइ तथा शुभकामना दिन पुगेको प्रतिनिधिमण्डलले कोरोना म’हामारीका कारण जनता स’मस्यामा परेको भन्दै खोपलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
भेटघाटमा पार्टीका पदाधिकारी तथा क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदरलगायत क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन आग्रह गरेको छ । कोरोनाका कारण स’मस्यामा परेका नागरिकको हितलाई दृष्टिगत गर्दै सरकार अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । मुख्यमन्त्री पोखरेलले प्राप्त सुझावलाई आत्मसात गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
खोपलाई नै पहिलो प्राथमिकता दिन नेपाली कांग्रेसको आग्रह
खोपलाई नै पहिलो प्राथमिकता दिन नेपाली कांग्रेसको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




