गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका—१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो । भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै खसाल्दा नेपालतिरको बाटो अवरुद्ध भएको थियो ।
नेपाली सेनाले घोरेटो बाटो बनाइरहेकै बेला पटकपटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गरायो । नेपाली सेनालाई काम गर्न पटकपटक बाधा गरियो । सेनाकै क्याम्पभन्दा १०० मिटर तल भारतीय विष्फोटका कारण घोरेटो बाटो महाकालीले बगायो । गत मङ्गलबार पनि भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडक खण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किँदा व्याँस गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ । झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको छ ।
घोरेटो भत्किदा व्याँस—१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्याँस—२ का अध्यक्ष धिरनसिह बुढाथोकीले बताए । भारतले दशकअघिदेखि धार्चुला हुँदै लिपुलेक मानसरोवर जोड्ने सडक निर्माण गरिरहेको छ । महाकाली नदी किनारैकिनार भएर निर्माण भइरहेको सडकले नदी थुनिने सम्भावना बढेको छ । महाकाली खोला किनारैकिनार सडक निर्माणको क्रममा ढुङ्गा महाकालीमा फाल्दा खोलाकै धार परिवर्तन भइरहेको वडाध्यक्ष बुढाथोकी बताउँछन् । भारतले दसगजा नछाडेर नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गर्ने गरेको छ ।
भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति
भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




