गए रातिदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले हाइड्रोपावरमा रहेका मेसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड आदि गरी करिब १५ करोड बराबरका सामग्री बगाएको हाइड्रोका सञ्चालक धनराज आचार्यले बताउनुभयो ।
निर्माण स्थलमा रहेका एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रडको थुप्रो लगायत बगाएको जानकारी प्राप्त भएको सञ्चालक आचार्यले बताउनुभयो ।
‘हामीले एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रड लगायतका सामाग्री बगाएको भन्ने जानकारी पाएका छौँ । उद्योगको माथिल्लो भागमा रहेको आरओइमा समेत क्षति पुगेको खबर छ । अनुमानित १५ करोड बराबरको क्षति भएको छ । हामी त्यसतर्फ जादैछौ’, सञ्चालक आचार्यले भन्नुभयो ।
हाइड्रोपावरमा बाढीका कारण क्षति पुगेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीको टोली घटनास्थल तर्फ लागेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले बताउनुभयो ।




