विश्व फुटबलको सर्वोच्च निकायले सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपालले ३ स्थान सुधार गरेको छ । फिफाले जुनमा सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७१ औँ स्थानबाट १६८ औँ स्थानमा उक्लिएको हो ।
सन् २०१८ पछि पहिलोपटक नेपाली टोलीले वरीयता सुधार गरेको हो । सन् २०१८ मा १६१ औँ स्थानमा रहेको नेपाल २०१९ मा १७० र पछिल्लो एक वर्ष देखि १७१ औँ स्थानमा थियो । नेपालले भर्खरै इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत बाँकी ३ खेल खेलेको थियो ।
नेपालले इराकसँग ६(२ को पराजय बेहोर्दा चाइनिज ताइपेइलाई २(० ले हराएको थियो । ऊ जोर्डन र अस्ट्रेलियासँग समान ३(० ले पराजित भयो । बेल्जियम शीर्ष स्थानमा कायम रहँदा ब्राजिल तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स दोस्रोबाट तेस्रो स्थानमा झरेको छ ।




