• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनी बजार कटानको उच्च जोखिममा

  •  संवाददाता
  • बिहीबार , असार ०३, २०७८ मा प्रकाशित
    Advertisement

    कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए ।
    “तटबन्ध भत्काएर बजारतर्फ कटान शुरु गरेको छ”, उनले भने, “तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।” रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माण हुँदै आएको छ ।
    तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो । बेनी–७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । तीसभन्दा बढी सरकारी कार्यालयका भवन छन् । गत शनिबार कुरीलाखर्क, महारानी थानदेखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मङ्गलाघाटमा रहेको वन डिभिजन, भू–संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका सातवटा भवनसँगै नर्सरीमा क्षति पु¥याएको थियो
    जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कलाई बगरमा परिणत गरेको छ । बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएर बगर बनेको स्थानीयवासी रुद्र सुवेदीले बताउनुभयो । माथिल्लो क्षेत्रमा पहिरो जाँदा मुख्य नदीमा बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको हो ।

    पहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी बजारमा खानेपानी आपुर्ति बन्द भएको छ । बुधबार साँझदेखि म्याग्दीमा विद्युत्समेत अवरुद्ध भएको छ । बेनीदेखि ग्रामीण बस्ती, छिमेकी जिल्ला बागलुङ, पर्वत, मुस्ताङ र प्रदेश राजधानी पोखरा जोड्ने सडक अवरुद्ध भएको छ ।

    बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रविधि प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट पर्खालको प्रविधि अपनाएको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गरिँदै आएको थियो ।

    परियोजनाका इञ्जीनियर कृष्ण विश्वकर्माले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावियन पर्खाल लगाउने कम्पोजिट वालको प्रविधि सफल भएको बताए । “कम्पोजिट प्रविधिको पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन”, उनले भने, “आगामी वर्षको योजनामा पनि कम्पोजिट पर्खाल बनाउने डिजाइनका लागि प्रस्ताव गरेका छौँ ।”

    यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा १०० मिटरभन्दा बढी कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । डिपिआरमा आरसिसी, मेसिनरी र ग्यावियन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ ।

    खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको छ । मङ्गलाघाटतर्फ आरसिसी पर्खालमाथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावियन पर्खाल लगाइएको छ । कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन । अस्थायी प्रकृतिको ग्यावियन र पक्की आरसिसी पर्खाल दुवैले बाढी थेग्न नसकेपछि विकल्पमा कम्पोजिट पर्खाललाई प्राथमिकता दिइएको परियोजनाले जनाएको छ ।

    एक सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

    केही दिनयताको निरन्तरको वर्षापछि म्याग्दीका विभिन्न ठाउँमा बाढी, पहिरो र कटानबाट प्रभावित १०० भन्दा बढी परिवार विस्थापित भएका छन् । नदी कटान, पहिरो र बाढीले घर भत्काएका, बगाएका र जोखिममा परेका जिल्लाका ८३ घर परिवारका ३४० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको विवरणमा समावेश नभएकासहित जिल्लाभर विस्थापित हुनेको परिवार सङ्ख्या १०० भन्दा बढी छ ।

    प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जिल्लाका सबै स्थानीय तह मनसुनजन्य प्रकोपबाट प्रभावित भएको र सडक यातायात ठप्प बनेको बताउनुभयो । प्रहरीका अनुसार बेनी नगरपालिकाको बगरफाँट, सिंगा तातोपानी र घतानमा ४६ घरका १७९ जना विस्थापित भएका छन् ।

    मङ्गला गाउँपालिकाको हाँडेभिरको एक घरका पाँच, मालिका गाउँपालिकाको वडा नं १, ४ र ६ को २० घरका ८५, अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का १० घरको ४२ तथा रघुगङ्गा गाउँपालिकाको वडा नं २ र ४ को आठ घरका ३० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

    यसैगरी धवलागिरि गाउँपालिकाको खोरियामा सडकबाट आएको बाढीले १४ घर विस्थापित भएका गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–२ मा नौ घर बाढी पहिरोले बगाएको र २० घर परिवार विस्थापित भएको वडासदस्य समबहादुर विकले बताए ।

    यसैगरी रघुगङ्गा–८ का वडाध्यक्ष गमान छन्त्यालले चौरखानी गाउँका ३५ घरपरिवार विस्थापित भएको र घ्यासीखर्कमा रहेको स्वास्थ्य चौकी रघुगङ्गा नदीको कटानको जोखिममा परेको बताए ।

    भौगोलिक विकटताका सार्थ सडक र सञ्चार अवरुद्ध भएकाले खोरिया, रुम र कुइनेमङ्गलेमा प्रहरी पुगिसकेको छैन । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी जोखिमयुक्त बस्तीका मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न खटिएका छन् ।

    बिहीबार , असार ०३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.