गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन् । औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो । साथमा मनाङका सांसद चिन्तबहादुर घले पनि छन् । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरिएको हो । विपद्मा परेका प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेश सरकाकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री राहत सामग्रीसहित मनाङ प्रस्थान
गण्डकी प्रदेशका मुख्यमन्त्री राहत सामग्रीसहित मनाङ प्रस्थान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




