केही खुकुलो हुने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले एक साता निषेधाज्ञा थप गरेको छ।
पछिल्ला दिनमा कोरोना संक्रमणदर र मृत्युदरमा क्रमिक रुपमा कमी आएपनि अपेक्षाकृत नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १५ गते राति १२ बजे सम्मका लागि लम्ब्याएको हो।
निषेधाज्ञा खुकुलो भएसँगै अब व्यापार व्यावासाय बिहान ५ बजेदेखि दिउँसो १२ बजे सम्म संचालन गर्न पाइने छ । भने, निजी साना सवारी साधन चार पाङ्ग्रे र दुई पाङ्ग्रे जोर गते जोर नम्वर र विजोर गते विजोर नंवरका आधारमा चालकसहित चार जना यात्रु राखेर संचालन गर्न पाइनेछ।
ताजा दुध बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म निर्वाध चिस्यान तथा संकलन केन्द्रमा लैजान पाइनेछ।
यस्तै अनलाइम होम डेलिभरी निश्चित मात्रामा पूर्ण मापदण्ड अपनाएर बेलुकी ७ बजेसम्म संचालन गर्न पाइनेछ। पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरेको हुनुपर्नेछ।
यस्तै उद्योग र सार्वजनिक निर्माण कार्यमा संग्लग्न कर्मचारी तथा श्रमिकहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै आवश्यक सुरक्षा मापदण्ड अपनाएर भिडभाड नहुने गरी संचालन गर्न पाइनेछ।
यसबाहेक निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न सक्नेछन् ।




