कास्कीको नयाँपुल नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घ’टनामा परेर पर्वतका दुई युवाको नि’धन भएको छ।
त्यस दुर्घ’टनामा परेर पर्वत जिल्लाको मोदी गाउपालिका वडा नम्बर १ साबिक भुक्ताङ्गे १ का ३३ वर्षीय विनोद मल्ल र अन्दाजी वर्ष ४५ का भिम ब। मल्लाको नि’धन भएको प्र’हरीले जानकारी दिएको छ।
जिल्ला प्र’हरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार, पोखराबाट कास्कीको नयाँपुल तर्फ जाँदै गरेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई प्रदेश नं। ३(०१ (००३ क ५१७३ को ट्रिपरले कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी देउरालीको पत्थरमा शनिबार साँझ पाँच बजे ठ’क्कर दिएको थियो ।
उक्त दुर्घ’टनापश्चात घा’इते भएका दुवै जनालाई मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएकोमा अस्पतालले तत्काल बिनोद मल्ललाई मृ’त घो’षणा गरेको थियो भने अर्का घा’इते भिम बहादुर मल्लको साँझ साढे छ बजे उप’चार हुँ’दाहुँ’दै नि’धन भएको डिएसपी हमालले जानकारी दिए।
टिप्पर चालक सिन्धुपाल्चोक इन्द्रावती १० का २५ वर्षीय सुरेश माझीलाई निय’न्त्रणमा लिई थप अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ ।




