काठमाडौं । वृहत नागरिक आन्दोलनले रुपा सुनारलाई छुवाछुतको आरोपमा कोठा भाडामा दिन नमानेको आरोपमा प्रहरी हिरासतमा रहेकी महिलालाई छुटाउन बहालवाला मन्त्री नै जानु गम्भीर रहेको बताएको छ।
मन्त्री नै यसरी जानुले जातजन्य विभेदलाई नै निरन्तरता दिनु राज्यशक्तिको चरम दुरुपयोग भएको बृहत आन्दोलनले बताएको छ।
बुधबार जिल्ला अदालत काठमाडौंको आदेशपछि बबरमहलकी सरस्वती प्रधान रिहा भएकी थिइन्।
जातका कारण रूपालाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी प्रधानलाई अदालतको आदेशपछि प्रहरीले रिहा गर गरेको थियो।
प्रधानलाई स्वागत गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै पुगेका थिए।
जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर घर पुर्याएको कुराको आलोचना भइरहेको छ।




