दूध एउटा पेय पदार्थ भएता पनि दूधलाई एउटा कम्प्लिट फूड मानिन्छ ।
प्रायस् मानिसहरु दूध बिना आफ्नो आहार अधुरो मान्छन् ।
दूध शाकाहारी पदार्थको महत्वपूर्ण अंग हो ।
बालबालिकाले खाना नखाँदा पनि दूध पिएर सुत्ने गर्छन्, किनभने दूधलाई सम्पूर्ण आहार मानिन्छ ।
त्यसैले यसलाई पूर्ण खाना मानिन्छ ।
दूधका धेरै परिकारहरु बन्छन् ।
सम्पूर्ण किसिमका मिठाईहरू दूध बिना सम्भव छैन ।
दूधमा क्याल्शियम मात्र नभएर प्रोटीन,भिटामिन ए,बी १,बी २,बी १२ र डी,म्याग्नेशियम र पोटाशियम जस्ता विभिन्न पोषक तत्व हुन्छन्, जुन मानव शरीरका लागि अति नै आवश्यक छ ।
कहिलेकाहिँ चोट लाग्दा अथवा विरामी हुँदा पनि दूधमा बेसार मिसाएर पिउन दिइन्छ ।
यसो गर्नुको मुख्य उद्देश्य दूधले धेरै शक्ति दिन्छ ।
पाचन र पोषण गुणका कारण आयुर्वेदमा पनि दूधको एउटा विशेष स्थान छ ।
त्यसो त हामीलाई जब मन लाग्छ तब दूध पिउँछौ ।
धेरै मानिसले विहान दूध पिउनु राम्रा मान्छन् भने प्रायस्ले राति दूध पिउनुलाई सही हो भन्ने दावी गर्छन् ।
त्यसो त शिशुलाई जसले खाना खान सक्दैन, उसलाई त दिनमा धेरै पटक दूध खान दिइन्छ ।
उसले खाना खान नसक्ने भएकोले दूध नै पिउन दिनुको कारण दूध एउटा सम्पूर्ण आहार हो ।
तर आयुर्वेदका अनुसार दूध पिउने सही समय राति हो ।
राति सुत्नु अगाडि दूध पिउनु पर्छ ।
विहान दूध पिउनु पनि फाइदाजनक हुन्छ, किनभने जून मानिसमा एसिडिटीको समस्या हुन्छ उनीहरुलाई राति दूध पचाउन कठिन हुन्छ ।
यसको साथै घरमा ४(५ वर्षको बच्चा छ भने दिउँसोमा दूध पिउनु उनीहरुको स्वास्थका लागि राम्रो हुन्छ ।
तर रातिमा दूध पिउनु नै सही समय मानिन्छ ।
राति दूध पिउँदा निद्रा पनि राम्रो लाग्छ ।
दूध सधै मनतातो पिउनु पर्छ ।
दूधको पाचक र पोषण गुणका कारण हामी स्वस्थ रहन्छौं ।
राति दूध पिउँदा क्याल्शियमबाट धेरै फाइदा पुग्छ, किनभने राति हाम्रो गतिविधि कम हुन्छ ।
त्यसैले राति दूध पिउनु स्वास्थका लागि फाइदाजनक छ ।
यदि दूधबाट कुनै किसिमको एलर्जी हुन्छ भने त्यस्ता व्यक्तिले दूध पिउनु हुँदैन ।




