पोखरा महानगरपालिका–१८ सेतीबगरदेखि सराङकोटको डाँडासम्म पुग्नेगरी अन्नपूर्ण केबलकार निर्माण गरिएको सञ्चालक तिर्थराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार केबलकारको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ । केबलकारबाट फेवातालको किनार सेतीबगरदेखि सराङकोट पुग्न ८ मिनेट लाग्ने उनले बताए ।
करिब दुई वर्षमा ६ जना जापानी प्राविधिकको टोलीले केबलकार निर्माण गरेको कम्पनीले जनाएको छ । त्रिपाठीका अनुसार केही दिनअघि केबलकारको लठ्ठा तीन मिनेट चलाएर परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको पनि उनले बताए ।
केबलकारको लागि हाल १८ वटा गुण्डला ९डब्बा० सहित लठ्ठा ९डोरी० टाँगेर तयारी अवस्थामा राखिएको निर्देशक त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा प्रति डब्बामा ८ जनाको सिट क्षमता रहनेछ ।
पोखरामा केबलकार असोजदेखि सञ्चालनमा आउने
पोखरामा केबलकार असोजदेखि सञ्चालनमा आउने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




