अस्ट्रियालाई पराजित गर्दै इटाली जारी युरो कपको अन्तिम आठमा पुगेको छ । शनिवार राती भएको खेलमा अस्ट्रियालाई २(१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा पुगेको हो ।
इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरेका थिए भने अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए का थिए ।
कडा र रोचक प्रतिस्पर्धा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो भने अस्ट्रियाले एक गोल फर्काउन सफल भयो ।
यससँगै इटाली क्वाटर फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ भने अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।




