काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ ‘आई लिग फ्यान अफ द सिजन’ अवार्ड अन्तर्गत उत्कृष्ट गोलरक्षक चुनिएका छन् ।
लिगकै उत्कृष्ट गोलरक्षक घोषित किरणलाई समर्थकले पनि उत्कृष्ट गोलरक्षक चुनेका हुन् । भारतको शीर्ष डिभिजन लिग आई लिगले सोमबार किरणले ‘आई लिग फ्यान अफ द सिजन’ अवार्ड प्राप्त गरेको जानकारी दिएको हो ।
अघिल्लो सिजन राउन्डग्लास पञ्जाब एफसीका लागि आई लिग खेलेका किरणले १४ मध्ये ७ खेलमा क्लिन सिट राखेका थिए । उनले ५६ सट रोकेका थिए ।




