काठमाडौँ । प्रेस काउन्सिल नेपालले अफ’वाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ ।
रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी वि’वादका विषयमा अफ’वाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन ९इयु० बाट रु डेढ करोड खाएको जस्ता ला’ञ्छना लगाएका थिए ।
यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अ’स्विकार गरेको दावीसहितत रुपाले जाहेरी दिएका थिए । तीन दिन हिरा’सतमा रहेकी प्रधान हाल रिहा भइसकेका छन् ।
रुपाले आफूलाई जातीय द्व’न्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रा’मक समाचार लेखेर जातीय भेद’भाव र छु’वाछूतलाई दुरु’त्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरु’द्ध काउन्सिलमा उ’जुरी दिएका थिए ।




