अनलाइन गेमिङ बालबालिकाका साथै उनीहरुको परिवारमाथि पनि भारी पर्न थालेको छ । यसका कारण भारतको छत्तिसगढको कांकेरमा एक महिलाले तीन महिनामा ३।२२ लाख भारु ९पाँच लाख रुपैयाँ बढी० गुमाउनु परेको छ । यो रकम उनको खाताबाट काटिएपछि उनले अनलाइन ठगीको आशंकामा एफआईआर दर्ता गराइन् । प्रहरीले आफ्नो अनुसन्धानमा महिलाकै १२ वर्षका छोराले गेमको लेभल अपग्रेड गर्ने चक्करमा यो गेममा प्रयोग हुने हतियार खरिद गरे ।
जानकारीका अनुसार पीवी–१२ मिडिल स्कूलकी शिक्षिका शुभ्रा पालको खाताबाट ८ मार्चदेखि १० जूनको बीचमा २७८ पटक ट्रानजेक्सन भयो । यतिबेला उनको खाताबाट ३।२२ लाख भारु निकालियो । यो विषयमा उनले ११ जूनमा थानामा नै उजुरी दिइन् । रोचक कुरा के रह्यो भने पैसा निकाल्नका लागि उनको मोबाइलमा एकपटक पनि वान टाइम पासवर्ड ९ओटीपी० आएन । यस्तोमा यसलाई असाध्यै चलाखले अनलाइन ठगी गर्ने नयाँ तरिका मानेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
१२ वर्षका बालकले करिब ५ लाख रुपैयाँको हतियार किने, आमाको खाताबाट ३ महिनामा पैसा गायब
१२ वर्षका बालकले करिब ५ लाख रुपैयाँको हतियार किने, आमाको खाताबाट ३ महिनामा पैसा गायब
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




