आफुले पढाउने छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले पोखराबाट एक जना प्रधानाध्यापकलाई पक्राउ गरेको छ।
प’क्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित ओखलेडाँडा भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला रहेका छन्। बास्तोलालाई गत बुधबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार बुधबार पीडित छात्राका परिवारजनले उजुरी दिएपछि ३३ वर्षीय प्रधानाध्यापक बास्तोलालाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरिएको छ ।
अभियुक्त बस्तोलाबि’रुद्ध प्रहरीले बाल यौन दुराचार सम्बन्धि मुद्दा दर्ता गरेर आबश्यक अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
ती प्रधानाध्यापकले छात्रालाई अरु विद्यार्थी नभएको मौका पारेर यौन दुव्र्यवहार गर्ने, फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेजहरु पठाउने,घुम्न जानका लागि प्रस्तावहरु राख्ने गरेपछि पिडित छात्राले आफ्नो अभिभाबकलाई भनेकी थिइन । त्यसपछि पिडित छात्राका अभिभावकले मंगलबार प्रधानाध्यापक बास्तोलालाई कुटपिट गरेर घाइते बनाएका प्राप्त समाचारमा जनाइएको छ।
आफुले नै पढाउने छात्रामाथि यौन दुर्ब्यबहार गर्दै आएका प्रधानाध्यापक बास्तोलालाई पिडित छात्राको अभिभावकले कुटपिट गरेको बताइएको छ। कुटाइबाट घाइते बनेका प्रधानाद्यापक बास्तोलालाई गण्डकी मेडिकल कलेज पोखरामा ल्याएर उपचार गरिएको थियो।




