‘कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय राम बजार पोखराले दुई जना युवालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर २ बागलुङ बसपार्क बस्ने बर्ष १८ को सोयल मिया र वडा नम्बर ५ पर्स्याङ बस्ने बर्ष २० को आगमन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले पोखरा महानगरपालिका वडा नम्बर लालीगुराँसटोल बस्ने समद मियालाई तीन दिन अघि कुटपिट गरेर घाइते बनाई भागेको आरोप लगाएर पक्राउ गरेको हो। उनीहरुलाई बागलुङ्ग बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुबिरुद्ध वडा प्रहरी कार्यालय रामबजार पोखरामा उजुरी दिन कालिकाचोकस्थित लेखनदासकोमा जाहेरी लेखाउदै गरेको अवास्थामाम त्यस जाहेरी च्यातिदिएको आरोपमा पोखराको लेकसाइड बस्ने बर्ष ४० की बिन्दु पाण्डे पहारीलाई वडा प्रहरी कार्यालय राम्बजाराले पक्राउ गरेर हिरासतमा राखेको छ।
कुटपिट गरेको आरोपमा पोखराबाट दुई जना युवा पक्राउ
कुटपिट गरेको आरोपमा पोखराबाट दुई जना युवा पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




