गण्डकी प्रदेशका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतकहरु मध्ये ३ जनाको पोखराका अस्पतालमा, १ जनाको चितवनको अस्पताल र २ जनाको नवलपुरका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, पर्वत जिल्लाका १ जना र नवलपुर जिल्लाका ३ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज पुष्टि गरेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १४ जना पुगेको निर्देशनालयले जनाएको छ ।




