पोखराको सभागृहचोकमा एक सवारी साधन दुर्घ’टना भएको छ ।
रातीको समयमा एक्कासी सवारी साधन आएर बिजुलीको पोलमा ठो’किएपछि चर्को आवाज आएको र तत्काल प्रहरी र स्थानीयको सहयोगमा गाडीका चालकलाई अस्पतालमा उपचारको लागि पठाइएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार गाडी एक्कासी स्पिडमा आएको थियो र अनियन्त्रित भएसंगै बिजुलीको पोलमा ठो’किएको थियो ।
दु’र्घटनाग्रस्त सवारीसाधनलाई ट्राफिक प्रहरीको कार्यालयमा लगिएको छ भने क्ष’तिग्रस्त बिजुलीको पोललाई सवारी साधन आवातजावत गर्न मिल्ने गरि व्यवस्थित स्थानमा राखिएको छ । बिजुलीको पोलमा साधनले लागेको हुनाले यस क्षेत्रमा केहि समयको लागि बिजुली सेवा बन्द भएको र तत्काल बिधुत प्राधिकरणलाई पनि खबर गरिएको स्थानीयले बताएका छन् ।
रातीको समयमा मा’पसे गरेर सवारी साधन चलाइएको थियो वा कुनै अरु कारणले दु’र्घटना भयो भन्ने बारेमा थप अनुसन्धान हुने र अनुसन्धान पछि मात्र सबै कुरा खुल्न आउने प्रहरीले जनाएको छ ।




