पोखराको मेथलाङ डाडामा भिरबाट ल’डी एकजना युवकको मृ’त्यु भएको छ।
श्रावणको एक गते आज विहान अन्दाजी ०१स्४० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका(१८ मेथलाङ डाडोमा पुरुषको मृ’त्यु भएको हो ।
मेथलाङ डाडोमा आफ्ना साथीहरू मिली मादक पदार्थ सेवन गरी बसेको अवस्थामा गोरखा घर भई हाल पोखरा(७ मासबार बस्ने वर्ष २७ को संजोग थापा भि’रबाट अन्दाजी ५० मिटर तल खस्न गई घा’ईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाईएकोमा उपचारको क्रममा मृ’त्यु भएको हो।
यस स्थानमा घ’टना भएको भन्ने समाचार प्राप्त हुन् साथ् प्रहरी टोली घ’टनास्थलमा खटीन गई सोधपुछ गरेको थियो र कास्की प्रहरीले अनुसन्धानको लागि निजको साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान गरिरहेको कास्की जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले समय नेपाललाई जानकारी दिएका छन्।
रातीको समयमा साथी हरु बसेको र माद’क पदार्थ सेवन गरेको भएपनि आफुहरु बीच कुनै झ’गडा नभएको मृत’कका साथीहरुले बताएका छन्। घ’टनाको बिषयलाई लिएर मृ’तकका आफन्तले भने घ’टना रहस्यमय भएको र अनुसन्धान हुनुपर्ने माग राखेका छन्।
आज मात्रै पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृ’तकको श’व को पोस्टमार्टम गरिएको थियो। पो’स्टमार्टम गर्न केहि समय लागेको र आफुहरुले उजुरी दर्ता गर्दा ढिला भएको बताउदै आफन्तले मृत’क थापाको श’वलाई अन्तिम स’स्कार गरेका छैनन्।
आफन्तका अनुसार घ’टना स्थल हेर्दा सं’कास्पद देखिएको र घ’टनास्थलमा अवलोकन गर्दा कतै पनि रगत वा कुनै संकेत नभएको र अन्दाजी श’वको प्रकृती हेर्दा मा’रेर फा’लेको जस्तो देखिएको हुनाले प्रहरीको बिषेश टोलीले अनुसन्धान गर्नुपर्ने उनीहरुले माग राखेका छन्।
रातीको समयमा घ’टना भएको हुनाले कसैलाई पनि थाहा नभएको र प्रत्यक्षदर्शी नै साथीहरु भएको कारणले प्रहरीले साथीहरुलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान गरिरहेको छ। निर्दोस फस्नु हुदैन र दो’षीलाई छाड्नु हुदैन भन्दै आफन्तले सत्य तथ्य बाहिर नआउने बेला सम्म श’वको अन्तिम स’स्कार नगर्ने बताएका छन्।




