पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको ४० औ स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम। सम्पन्न्न् भएको छ ।
पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको ४० औ स्थापना दिवसको उपलक्ष्यमा पोखरा फोटो ग्राफर संघ पोखरा नेपाल र फोटो ग्राफरहरुकै अर्को सस्था कैलास बचत तथा ऋण सहकारि सस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयको छ । यश संस्थाका अध्यक्ष जनक राज तिवारी को सभापतिमा सुरू भयको कार्यक्रममा प्रमुख अतीथी जनस्वास्थय मन्त्रालगका सचिब डाक्टर बिनोद बिन्दु शर्माले रक्त संचार केन्द्रमा रगतको अभाब हुदा अस्पतालमा भर्ना भएका बिरामिहरुको उपचारनै प्रभाबित भईरहेको यस समयमा सरहानीय कार्यभयको भन्दै,समय त्यति अनुकल नभएपनि कोरोनाले सबैतिर असर गरिरहेको यस समयमा स्वास्थ मापदण्डका नियमहरु पालना गरी नाक मुखमा माक्स लगाएरै भएपनि सामाजिक उत्तरदायित्व वाट टाढाहुन नहुने बताउनुभयो ।
कैलास बचत तथा ऋण सहकारि संस्था अध्यक्ष शिबहरि अधिकारिले संस्थाले यस्ता कार्यक्रमहरु गरिरहदा सस्थाप्रतिको बिश्वास र गरिमा अझ बढदैजाने बताउनु भयो । त्सतै गण्डकी फोटो ग्राफर संघका पुर्व अध्यक्ष दुर्गा प्रसाद पौडेलले बढि भन्दा बढि जन सम्पर्कमा रहेर काम गर्नुपर्ने भए पनि कोभिडको खोप लगाउने बर्ग, उमेर समुहमा नपर्दा दुखलागेको बताउनु भयो ।
बि।स।२०३९ सालमा स्थापना भएर फोटोग्राफरहरुको हक हितमा कार्य गर्दै आईरहेको संस्थाले ४० औ स्थापना दिबस मनाई रहंंंंदा २१ जनाको नेतृत्व पाईसकेको संरक्षक गणेश छबिले जानकारि दिनुभयो । निवर्तमान अध्यक्ष रबिनाथ दाहालले संंंस्थाले यस्ता कार्यक्रमहरुको निरनतरता दिईरहनु पर्ने बताउनु भयो । कार्यक्रममा संयोजक चन्द्रप्रकाश ढुङ्गानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने, उपाध्यक्ष रामचन्द्र पोख्रेल, पूर्व अध्क्षको तर्फबाट तुल्सरिाम सुबेदि, महिला उप समिति संयोजक शान्ती सुबेदी,कैलास बचत तथा ऋण सहकारिका सचिब बिनोद राज ढकाल लगायतले बोल्नुभयको थियो । कार्यक्रममा २५ युनिट रगत संकलन भयको संस्थाका अध्यक्ष जनक राज तिवारीले जानकारि दिनुभयो । कार्यक्रमको संचालन सचिब बिसु राज बरालले गर्नुभएको थियो ।




