पोखरा स् पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ। ।
उच्च रक्तचापका कारण नसामा असर पुगेर सुन्निएपछि काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा शल्यक्रिया सफल भएको हो ।
न्युरो अस्पतालमा उपचाररत नगर प्रमुख जिसीको बिहान ज्ञण् बजे देखी सुरु भएको ज्झष्अचबलष्भअतयmथ शल्यक्रिया २ घन्टा मा सफल भएको हो। उपेन्द्र देवकोटा मेमोरियल अन्तर्गत संचालित न्युरो अस्पतालको न्युरो सर्जनहरुको टिमले गरेको शल्यक्रिया सफल भएको र उहाको स्वास्थ्य अवस्था हाल सुधारात्मक रहेको पूर्व स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
उच्च रक्तचापका कारण शुक्रबार बिहान उहाँलाई मस्तिष्कघात भएको थियो । बिरामी हुनु भएका जिसीलाई थप उपचारका लागि शुक्रबार मणिपाल अस्पतालबाट हेलिकोप्टरमार्फत् काठमाडौं लगेर थप उपचार गरिएको हो।




