राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ः ३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्७शधवसटिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए
उनले भने, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
टिभी खोल्ने क्रममा करेन्ट लागेर आठ वर्षीया बालिकाको मृत्यु
टिभी खोल्ने क्रममा करेन्ट लागेर आठ वर्षीया बालिकाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




