सोमबार गण्डकीका ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२७ जनामा गरिएको नमुना परीक्षणमा ४१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका १५ जना, नवलपुरका ५५ जना र स्याङ्गजाका ३० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ३९ जना, बागलुङका सात जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ९२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २९४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार २४ पुगेको छ




