विराटनगरमा स्टेण्ड लगाएर रोकिराखेको मोटरसाइकलमाथि एक जना वृद्ध पुरुषको शव भेटिएको छ। कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–५ स्थित नेपाल विद्युत प्राधिकरणअगाडि सडकको पश्चिमतर्फ रोकेर राखिएजस्तो देखिने को ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि पुरुषलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार मृतक विराटनगर–५ मुनालपथका ६७ वर्षीय सुदर्शन शर्मा न्यौपाने हुन्।
मोटरसाइकलको ट्यांकीमाथि सुतेजस्तो देखिएको अवस्थामा मृत फेला
मोटरसाइकलको ट्यांकीमाथि सुतेजस्तो देखिएको अवस्थामा मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




