पोखरा आउदै गरेको बसबाट आज दिउसो लागु औषधसहित २ जना युवकलाई प’क्राउ गरेको छ ।
तनहुँ जिल्ला व्यास नगरपालिका(२ भोर्लेटारचोक पृथ्वी राजमार्गमा मंगलबार दिउसो ४ बजेको समयमा खटिएको प्रहरीको पिकेट डिउटीले बुटवलबाट पोखरा तर्फ आउँदै गरेको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा लागु औषधसहित २ जना युवकलाई प’क्राउ गरेको हो।
प’क्राउ पर्नेहरु पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ का २६ वर्षीय बिकु मगर र २५ वर्षीय उमेश क्षेत्री रहेका छन्। उनीहरुको साथबाट फे’नेरागन ४६ एम्पुल, डा’ईजापाम ४६ एमपुल र नुरफिन ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल लागु औषध प्रहरिले व’रामद गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्ष अरुण पौडेलले जानकारी दिनु भएको छ ।
यो पनि पढौ स्
२ सय ५० पिस लागू औषध ट्रामाडोल सहित २ जना प’क्राउ
वाग्लुङ स् वाग्लुङ नगरपालिका(४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २ सय ५० पिस लागू औषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले प’क्राउ गरेको छ ।
वाग्लुङ नगरपालिका(३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी कार्यालय वाग्लुङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध।२ प ३४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी प’क्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




