नेपालबाट ओलम्पिकमा ४ खेलबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्दै संवाददाता बुधबार, साउन ०६, २०७८ मा प्रकाशित Advertisement ८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबल लगायतका सामूहिक खेलहरु शुरु भइसक्नेछन् । नेपालबाट यसपटम टोकियो ओलम्पिकमा ४ खेलबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् । वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । पौडी, सुटिङ र जुडोका खेलाडीहरु जापान पुगिसकेका छन् । एथ्लेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्नेछन् । बुधबार, साउन ०६, २०७८ मा प्रकाशित Advertisement तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि