फ्रान्सेली स्टार कालियन एमबाप्पे रियल म्याड्रिड आउने चर्चा लामो समयदेखि चलिरहेको छ । स्पेनिस वेवसाइट मार्काकाअनुसार पेरिस सेन्ट जर्मनी ९पिएसजी० सँग सम्झौता नवीकरण नगर्ने जानकारी उनले प्रशिक्षक माउरिसियो पोचीटिन्होलाई गराइसकेका छन् ।
एमबाप्पे र पिएसजीबीच २०२२ सम्मको सम्झौता छ । एमबाप्पेले क्लबप्रति आफ्नो सम्मान रहेकाले जर्बजस्ती बर्हिगमन नरोज्ने बताइसकेका छन् । यसको अर्थ यस सिजन उनले पिएसजीबाटै खेल्नेछन् । यद्यपी, नवीकरण नगर्ने जानकारी दिएर उनले अर्को सिजन नयाँ क्लबमा जाने स्पष्ट सन्देश पनि दिइसकेका छन् । पोचिटिन्हो आफ्ना खेलाडीसँग राम्रो सम्बन्ध राख्छन् । टोट्टेनह्याममा छँदा डेली अली, क्रिष्ट्रियन इरिक्सन र ह्यारी केनलगायत स्टारसँग उनको सम्बन्ध राम्रो थियो ।
एमबाप्पेले पिएसजीसँग सम्झौता नवीकरण नगर्ने
एमबाप्पेले पिएसजीसँग सम्झौता नवीकरण नगर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




