पोखरा । पोखराबाट १९ बर्षे बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
१९ बर्षे बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा कास्कीको माछापुच्छ्रे गाउँपालिका २५ नयाँगाउ घर भई हाल पोखरा २५ हेम्जा बस्ने ३२ वर्षीय हर्क बहादुर बिक पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
आरोपी हर्क बहादुर बिरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।
पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला
पोखराको सेती नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
सोमबार बिहान साढे ८ बजेको समयमा पोखरा महानगरपालिका १५ अमिनतारास्थित सेती नदी किनारमा नाम थर नखुलेको ढुङ्गाको खोचमा अन्दाजी २५३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
ण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार विशेषज्ञ सहितको प्रहरीको उद्दार टोलीले नदीको खोँचबाट ती महिलाको शव निकाली थप अनुसन्धान गरिरहेको बताएका छन ।




