नेपालमा फेरि अर्को भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ४७ वटा नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको र थप तीन वटामा उत्परिवर्तन ९ए। वाईआई०भेटिएको जनाएको छ।
यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो। जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको र भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट भेटिएको हो।




