सुर्खेत( रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका(४ की मनकला खत्री खड्काको हत्यामा संलग्नहरूको पहिचान भएको प्रहरीले दाबी गरेको छ। प्रहरीका अनुसार मनकलालाई आफ्नै जेठाजुका छोराहरूले हत्या गरेको पुष्टि भएको हो। हत्यामा संलग्न माइला जेठाजुका छोराहरू हुन् भने हत्या गरिएकी मनकला ठाइलो भाइकी श्रीमती हुन्। नावालक भएका कारण हत्यामा संलग्नहरूको विवरण खुलाइएको छैन।
रुकुम प्रहरीका अनुसार १५ वर्षीया छोराले हत्या स्वीकार गरिसकेका छन्। उनी कक्षा १० मा अध्ययनरत छन्। ११ वर्षे छोराले भने घटनास्थलमा भए पनि आफूले हत्या नगरेको बताएका छन्। प्रहरीले भने दाजुभाइले मिलेर मनकलाको हत्या गरेको जनाएको छ।
१५ वर्षे छोराले खुर्पा र कोदालोले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। ‘पानी परिरहेको थियो, सान्ज्या ९सानीआमा अर्थात मनकला० छाता ओडेर भैसीलाई घाँस हाल्न आएकी थिइन्,’ १५ वर्षीय छोराले प्रहरीसँग बयानमा भनेका छन्, ‘उहाँले घाँस गोठतिर लैजाँदै गर्दा माथिबाट पहिले कोदालेले हिर्काएँ, उहाँले पनि आक्रमण गरेपछि खुर्पाले हाँनेको हुँ।’ घटनामा प्रयोग भएको हतियार र लुटिएका गहनाहरू प्रहरीले प्रक्राउ गरिसकेको छ।




