पानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा शुक्रबार नेपालको अन्तिम प्रतिस्पर्धा हुँदैछ । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले शुक्रबार बिहान प्रतिस्पर्धा गर्दैछन् ।
उनले महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा प्रतिस्पर्धा गर्नेछिन् । मुख्य हिटमा पुग्नका लागि नै प्रारम्भिक चरण पार गर्नुपर्नेछ । प्रारम्भिक चरणमा तीन वटा हिट छन् । जसमध्ये नेपालकी सरस्वती हिट २ मा छिन् । जहाँ उनले ९ जना खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।




