सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि आएको बा’ढीलिे रेडियो मेलम्चीको भवन ब’गाएको छ भने बाढीले गर्दा तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ र केही घरमा क्ष’ति पुर्याएको छ। मेलम्चीमा शनिबार रातिदेखि आएको बा’ढीले गए राति १२स्४० रेडियो मेलम्चीको भवन ढ’लेर बगाएको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले दिएका हुन्। यसअघि गत असार १ गते आएको भीष’ण बा’ढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। त्यतिबेला नै बा’ढीमा डु’बे पनि रेडियो मेलम्चीको भवन भत्कि’एको थिएन। बाढी घ’टेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बा’ढीले केही घरमा क्ष’ति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बा’ढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए । हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहि’रो गएर केहीबेर थुनि’एपछि बा’ढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ । यसैबीच हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानीयवासी हस्त पण्डितले जानकारी दिएका छन्। बा’ढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ।
त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल ब’गाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखि’ममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। यसअघि असार १ गते आएको बा’ढी’ले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्ष’ति पुर्याएको थियो । सो बा’ढीका कारण ५ जनाको मृ’त्यु भएको थियो भने १५ जना अझै बे’पत्ता छन् । बा’ढीपहिरो पी’डितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बा’ढी आएपछि उनीहरु थप सम’स्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बा’ढी बगेको स्थानीयले बताएका छन् ।




