पोखरा । पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बिन्दु बनेको पोखराको पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाइएको छ । पोखरा महानगरको वडा न २२ कार्यालयले सुचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि महादेव परिसरको दर्शन र अवलोकनमा रोक लगाएको हो ।
पोखरा महानगरपालिका वडा नं २२ कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि पुम्दीकोट विशाल महादेव परिसर दर्शन तथा अवलोकन बन्द गरिएको जनाएको छ ।
वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको बताउनु भएको छ ।




