पोखरा । कास्की प्रहरीले मोबाइल चोर्ने र चोरेको मोबाइल किन्ने तीन जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा न १५ स्थित विकास गुरुङको कोठाबाट आइफोन ६ प्लस र सामसुङ ग्यालेस्की ब्घण् मोबाइल चोरी फरार भएका पोखरा ११ रामघाट बस्ने विश्वास सुनार र निज सुनार सँग चोरीको मोबाइल खरिद गर्ने पोखरा ९ पृथ्वीचोक स्थित हेल्लो मोवाईलका संचालक सागर कार्की र पोखरा११ रामघाट बस्ने अजय कोईरालालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत १६ गते बिकास गुरुङको ठाडो उजुरीमा शकास्पद व्यक्ती सुनारलाई पोखरा १५ नयाँगाउँबाट वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त मोबाईलहरु चोरी गरी आईफोन ६ प्लस हेल्लो मोवाईलका संचालक कार्कीलाई डिकमा राख्न दिएको र सामसुङ ग्यालेक्सी ए ३० मोवाईल कोईरालालाई बिक्री गरेको पाईएकोले निजहरुलाई नियन्त्रणमा लिई कारवाहीको प्रकिया अगाडी बढाइेको जनाएको छ ।




