पोखराका एक चर्चित पत्रकार अपिल त्रिपाठीको स्वास्थ्यमा एक्कासी समस्या देखिएको छ।
एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका छन््र उनको हिजो एउटा अपरेशन समेत गरिएको उनका परिवारले उनको फेसबुकमार्फत जानकारी दिएका छन्।
अपिल त्रिपाठीको फेसबुकमा सार्वजनिक गरिएको जानकारी अनुसार, त्रिपाठीको स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ , केही दिनको बसाइँ अस्पताल मै हुने फेसबुकमार्फत जानकारी दिइएको छ ्रप्राप्त जानकारी अनुसार, पछिल्लो समय गरिएको कार्यक्रम उत्पादनको क्रममा पेटमा स’मस्या देखिएपछि उनी गण्डकी मेडिकल कलेजमा स्वास्थ्य परीक्षणका लागि पुगेका थिए।
स्वास्थ्य परीक्षणका क्रममा उनलाई एपेन्डिक्स भएको पत्ता लागेपछि तुरुन्त अपरेशन गरिएको उनका सहयोगी एबम क्यामराम्यान अशोक बस्नेतले जानकारी दिए। यसैबीच, गण्डकी टेलिभिजनका पत्रकार एबम चर्चित गण्डकी छड्के कार्यक्रमका प्रस्तोता अपिल त्रिपाठी बिरामी भएर अस्पतालमा भर्ना भएको समाचार सार्वजनिक भएपछी उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक संजालका भित्ताहरु रंगिन शुरु भएका छन्। उनका शुभचिन्तकहरुले “पत्रकार अपिल त्रिपाठीको शिघ्र स्वास्थ्य लाभको कामना “गरिरहेका छन्।




