• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अढाई दशक यता २६ जनाले तुइनबाट खसेर महाकालीमा ज्यान गुमाए, भारत पुल बनाउन दिन्न

  •  संवाददाता
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement

    पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै २०७२ असोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गरेर ती स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरे।

    तर निर्णयमा हस्ताक्षर गरेको ६ वर्ष बितिसक्दा समेत दुर्गम क्षेत्रका दर्जनौ तुइन विस्थापित नहुँदा दार्चुलाको व्याँस गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी जस्ता कयौँ स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ। धामीसहित तुइन तर्दातर्दै २०५० सालदेखि अहिलेसम्म व्याँस गाउँपालिका वडा नम्बर २ र ४ का गरि २६ जनाको ज्यान ज्यान गइसकेको छ।

    गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिंह बुढाथोकीले हालसम्म तुइन तर्दा २ वडाका मात्रै २६ जना स्थानीयले ज्यान गुमाएको बताए। तर पनि उक्त क्षेत्रमा पुल नबनेको उनको गुनासो छ।

    दार्चुलावासीको एउटै माग तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपनि संघ र प्रदेश सरकारले वेवास्ता गर्दै आएको वडाअध्यक्ष बुढाथोकीले बताए। ‘नागरिकता बनाउनु पर्‍यो भने फोटो खिच्न जिल्ला सदरमुकाम तुइनकै सहारामा जानुपर्ने बाध्यता छ’ उनले भने।

    पुल निर्माणका लागि वर्षौदेखि यहाँका स्थानीयले ज्ञापनपत्र केन्द्रदेखि प्रदेशसम्म बुझाउँदै आएका छन्। तर कहिकतैबाट सुनुवाई नै नभएका कारण धामीजस्ता दर्जनौ स्थानीयले अकालमै ज्यान गुमाउनु परेको प्रवक्ता बुढाथोकीले बताए।
    दार्चुलाको राप्लास्थित दुम्लिंग, माल, रिठान, सुन्सेराको बर्तीबगड मलघट, मडगाउँ, धौलाकोटको स्याकु, डोकट, स्पागधा र हुतीको कालागाड गरेर १० स्थानमा महाकाली नदीमाथि तुइन सञ्चालनमा छन्।

    झोलुङ्गे पुल नहुँदा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका ठूला साना नदी तथा खोला तर्नका लागि स्थानीयले तुइन, फड्के र साँघुको प्रयोग गर्दै आएका छन्। दार्चुला पारी रहेको नेपाल–भारत सीमावर्ती बजार धारचुला ओहरदोहर तुइनकै भरमा गरिन्छ। जिल्लाको राप्ला, सुन्सेरा, धौलाकोट र हुतीका स्थानीयले तुइनको प्रयोग गरी दैनिकी चलाउने गरेका छन्।

    तर सरकारी पक्षले भने प्रदेशभित्र पहिचान भएका ३१ स्थानमध्ये २७ स्थानको तुइन विस्तापित गरेर झोलुङ्गे पुल निर्माण गरिएको दाबी गरेको छ। सीमा क्षेत्रका १२ स्थानमा तुइन विस्तापित गरेर झोलुङ्गे पुल निर्माणका लागि बोलपत्र समेत आह्वान गरिसकेको अवस्थामा भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै ६ स्थानमा मात्र सहमति दिएको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको डोलीडारका सिनियर डिभिजन इन्जिनियर गौरीकुमार श्रेष्ठ बताउँछन्।

    दार्चुलामा बाकु र बडु गाउँमा निर्माणाधिन झोलुंगे पुल करिब ९० प्रतिशत पूरा भइसकेको छ। दार्चुलाकै महाकाली तर्ने बरती र माल झोलुंगे ३० प्रतिशत मात्रै सम्पन्न भएको छ। भारततर्फ पनि निजी जग्गा पर्ने र जग्गा प्राप्तिमा धेरै समय लागेका कारण यतिका धेरै समय लाग्न गएको इन्जिनियर श्रेष्ठको भनाई छ।

    ‘सीमा क्षेत्रमा १२ वटा पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो, तर भारतले पञ्चेश्वर महाकाली लगायत ६ वटा पुलका लागि मात्र सुरक्षाको कारण देखाउँदै सहमति दिएकाले बोलपत्र आह्वान नै रद्द गर्नुप¥यो’ उनले भने। ४ स्थानमा झोलुङ्गे पुल निर्माणको काम भइरहेकाले पुष महिनाभित्रै सम्पन्न हुने उनको दाबी छ।

    उक्त विषयमा मुख्यमन्त्री त्रिलोचन भट्टसँग जिज्ञासा राख्न खोज्दा एक घण्टापछि प्रतिक्रिया दिने बताएका थिए। तर एक घण्टापछि पटक–पटक सम्पर्क गर्दा पनि मुख्यमन्त्रीको फोन उठेन। साभार दिनेशखबर डट कम

    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.