दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं–३,स्थित बेसारेगौँडामा जीप दुर्घट्ना भएको छ । दुर्घट्ना परी सात जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौतराले जानकारी दिएको छ । घाइतेमध्ये तनहुँ सेवा हस्पिटलमा लगिएका तीन जना सामान्य उपचार पश्चात् डिस्चार्ज भइसकेको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनका अनुसार पोखरा लगिएका चार जनाको अवस्था पनि सामान्य रहेको छ । घाइतेहरुको पहिचान खुलेको छैन ।
दुलेगौडा–हर्कपुर मोटरमार्गमा चल्ने ग २ च ४०३४ नं को सुप्रिया डिलक्स बेसारेगौँडाको ओरालोमा अचनाक ब्रेकफेल भएर भित्तामा ठोकिन पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार छतमा बसेर आएका यात्रुहरु जीप भित्तामा ठोकिएपछि उछुट्टिएका थिए । उनीहरुमध्ये केहिको पाखुरा ,कोखा र कानमा चोट लागेको प्रत्यक्षदर्शी जगत वि।कले जानकारी दिए ।घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरी घट्नास्थलमा पुग्दा जीप घट्ना भएको ठाँउबाट झिकेर ल्याइसकेको थियो ।




